लाभांश पारित गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारणसभा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको ५८ औँ वार्षिक साधारण सभा चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको रहत रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।