कपोरेटपेमा २० हजार भन्दा बढि संस्था आबद्ध « Arthapath.com
१७ चैत्र २०८१, आईतवार

कपोरेटपेमा २० हजार भन्दा बढि संस्था आबद्ध



काठमाडौँ । व्यावसायिक भुक्तानी प्रणाली,कपोरेटपेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । साथै नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले महत्वपूर्ण उपलब्धिे हासिल गरेको बुझ्न्न सकिन्छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कपोरेटपे मार्फत ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ । जुन गत आर्थिक वर्षमा भएको ८०० अर्बको कारोबार तुलनामा उल्लेखनिय वृद्धि हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि कपोरेटप प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ ।

कपोरेटपको मल्टी बैंकिङ्ग डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको हो । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् । यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।

साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ्ग म्यान्डेटहरु सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । उक्त प्रणालीमा रियल टाइममा प्रति कारोबार १ करोड (सोही बैंक वित्तीय संस्था) तथा २० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा २० करोड सम्म कारोबार सिमा रहेको छ ।

व्यवसायहरुले Corpotepay Connectepy.Com बाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरुको श्रेणीबद्ध भुमिकाहरू चयभिक निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन रजिष्ट्रेसन प्रकृया सम्पन्न गर्न सक्नेछन् । त्यसपछि सम्बन्धित बैंकले रजिष्ट्रेसन अप्रुभ गरेपछि पेश गएिको विवरण वा बैंक सँग उपलब्ध कागजातहरुको आधारमा, एक्टिभेसन प्रकृया सम्पन्न हुन्छ । साथै, व्यवसायहरुले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट गर्न पनि सक्दछन् ।


प्रतिक्रिया दिनुहोस्