२ अर्ब ५ करोडको ऋणपत्र निष्कासन गर्दै राष्ट्रिय वाणिज्य बैंक, सेबोनबाट पायो अनुमति

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब बढीको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई २ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
अब बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्नेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । ऋणपत्रको अवधि भने ७ वर्ष रहेको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।