न्यौपानेलाई गोर्खाज फाइनान्सको कामु सीइओको जिम्मेवारी « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

न्यौपानेलाई गोर्खाज फाइनान्सको कामु सीइओको जिम्मेवारी



काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिपक न्यौपानेले पाएका छन् ।

बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले न्यौपानेलाई कामु सीइओको जिम्मेवारी दिइएको हो । सीइओ पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उनलाई कामु सीइओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

केही महिनादेखि कम्पनीको सीइओ पद रिक्त छ । हाल कामु सीइओको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएका छन् । त्यसकारण उनको ठाउमा न्यौपानेलाई जिम्मेवारी दिइएको हो ।

न्यौपाने कम्पनीमा तीन वर्षदेखि बरिष्ठ प्रबन्धकमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्