बैंकिङ प्रणालीमा अधिक तरलताः चैतमा मात्रै २ खर्ब ४५ अर्ब प्रशाेचन « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

बैंकिङ प्रणालीमा अधिक तरलताः चैतमा मात्रै २ खर्ब ४५ अर्ब प्रशाेचन



काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे हाे ।

बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

साँवा र ब्याज भुक्तानी मिति २०८२ वैशाख २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

राष्ट्र बैंकले यसअघि चैत ३ गते ३० अर्ब रुपैयाँ, ६ गते २५ अर्ब रुपैयाँ, १० गते २० अर्ब रुपैयाँ, चैत १३ गते ३० अर्ब रूपैयाँ, १७ गते २५ अर्ब रुपैयाँ, २० गते ३० अर्ब रुपैयाँ, २५ गते ३५ अर्ब रुपैयाँ र चैत २७ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्