पियोर इनर्जीको आइपीओमा १४.६६ गणा बढी पर्यो आवेदन, कतिले भरे ? « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

पियोर इनर्जीको आइपीओमा १४.६६ गणा बढी पर्यो आवेदन, कतिले भरे ?



काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओमा झन्डै १५ लाखले आवेदन दिएका छन् । आइतबार साँझसम्म कम्पनीको आइपीओमा डेढ अर्ब बढीको आवेदन परेको हो।

सीडीएसका अनुसार १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीको आइपीओमा १४ लाख ८३ हजार ६३५ जना आवेदकले १ करोड ७५ लाख ३१ हजार ६०० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा साढे १४ गुणा बढी हो ।

कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको आइपीओमा आगामी वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङग् लिमिटेड छ ।


प्रतिक्रिया दिनुहोस्