सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

काठमाडाैं । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस (पिओएस) मेसिन वा अनलाईन मार्फत १,००० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइने छ ।
यसैगरी सिटिजन्स मोबाईल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक प्रदान गरिने छ । साथै फोनपे मर्चेन्टलेले आफ्नो ब्यवसायिक कारोवार रकम क्युआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई रु १,८०० सम्म क्यासब्याक प्रदान गरिने छ ।
साथै बैंकले योजना अवधीभरमा ईकमर्स कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङ्ग मार्फत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा रु ५० क्यासब्याक पाउने छन् ।
साथै बैंकको एक मोबाईल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ । वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।