नयाँ वर्षमा केटिएमको अविश्वसनीय अफर – अब केटिएम खरिद गर्न नागरिकता मात्रै ! « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

नयाँ वर्षमा केटिएमको अविश्वसनीय अफर – अब केटिएम खरिद गर्न नागरिकता मात्रै !



काठमाडौं । केटिएम नेपालले नयाँ वर्षको सुरुवात एक दमदार प्रस्तावका साथ गर्दै केटिएम मोटरसाइकललाई अझ पहुँचयोग्य बनाउन एउटा विशेष प्रस्ताव ल्याएको छ, जसले सुविधा, मूल्य र प्रिमियम लाभ एकैसाथ दिनेछ ।

केटिएमको नयाँ वर्ष अफरले नेपाली मोटरसाइकल बजारमा नयाँ इतिहास रच्दैछ अब केटिएम किन्न नागरिकता कार्ड मात्र भए पुग्नेछ। यो अनौंठो पहल केटिएमको लक्ष्यलाई झल्काउँछ: हरेक राइडरलाई केटिएमको गति, शक्ति र सन्तुलनको अनुभव दिलाउने कम्पनीले जनाएकाे छ।

सजिलो किस्ता, प्रिमियम लाभहरू

नयाँ वर्षको यस विशेष प्रस्तावमा ग्राहकहरूलाई सजिलो खरिद प्रक्रियाको लागि निम्र लाभहरू समावेश छन्:

• आकर्षक इएमआई योजना – ३६ महिनासम्मको सहज इएमआई सुविधा उपलब्ध।

• कम सुरुवाती लागत – ४० प्रतिशत डाउन पेमेन्टमा केटिएम आफ्नो बनाउन सकिने ।

• आकर्षक एक्सचेञ्ज अफर – कुनै पनि बाइक एक्सचेन्ज गर्दा थप रु. १५,००० मूल्यमा ।

• विशेष बोनस – हरेक खरिदमा नयाँ एयरओ हेल्मेट र केटिएम प्रिमियम गिफ्ट प्याक निःशुल्क ।

हरेक राइडरका लागि केटिएम
यदि तपाईं दैनिक आवतजावत गर्नुहुन्छ, वा साहसिक यात्रामा रमाउनुहुन्छ भने केटिएम सँग तपाईंको आवश्यकता अनुसारको बाइक अवश्य छ । विश्वस्तरीय प्रदर्शन र डिजाइन बोकेको केटिएम अब सीमित अवधिका लागि अझ सजिलै उपलब्ध भएको
छ।

नयाँ वर्ष अफर नेपालभरका सबै केटिएम आधिकारिक शोरूमहरूमा उपलब्ध छ । केटिएम सम्पूर्ण राइडरहरूलाई यो सुवर्ण अवसरको फाइदा उठाउन आह्वान गर्दछ – राइडिंगमा साहस, सन्तुलन र शक्ति अनुभव गर्नुहोस् । आजै केटिएम शोरूममा जानुहोस् र नयाँ वर्षलाई केटिएम सँग सुरु गर्नुहोस् !


प्रतिक्रिया दिनुहोस्