सांग्रिला डेभलपमेन्ट बैंकको झन्डै डेढ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको झन्डै डेढ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले करीब डेढ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख २ गते) बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्