एनसिएचएल र मास्टरकार्डबीच अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र भुक्तानी उद्योगमा सञ्चालित विश्वव्यापी प्रविधि कम्पनी मास्टरकार्डले नेपाल आएका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड कार्ड प्रयोग क्यूआर मार्फत अन्तरदेशीय भुक्तानीका लागि सम्झाैता गरेका छन् ।
याे सम्झाैतासँगै अन्तर्राष्ट्रिय मास्टरकार्ड कार्डधारकहरूले एनसिएचएलको नेपालपे क्युआर र नेपालमा रहेको इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमा सहज तथा सुविधाजनक भुक्तानी गर्न सक्ने छन्।
यस सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आफ्नो मास्टरकार्ड कार्ड प्रयोग गरेर डिजिटल भुक्तानी गर्न थप प्लेटफर्म उपलब्ध गराउने छ । यसबाट देशभरका उपभोक्ताहरू र व्यापारीहरूले डिजिटल भुक्तानी अपनाउने क्षमता बढाउने विश्वास समेत व्यक्त गरिएकाे छ।
नेपालमा नेपालपे क्युआर र इन्टरअपरेवल क्युआरका लगभग १० लाख व्यापारीहरू छन्, जबकि मास्टरकार्डले विश्वव्यापी रूपमा ३.१ अर्ब भन्दा बढी कार्डहरू जारी गरेको छ।
एनसिएचएल र मास्टरकार्डबीचको यो संलग्नताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रमुख रूपमा सहयोग गर्ने अपेक्षा गरिएको छ।