बिना लाभांश राष्ट्रिय जीवन बिमा कम्पनीको वार्षिक साधारण सभा आज बस्दै « Arthapath.com
३ बैशाख २०८२, बुधबार

बिना लाभांश राष्ट्रिय जीवन बिमा कम्पनीको वार्षिक साधारण सभा आज बस्दै



काठमाडौं । आज अर्थात् बैशाख ३ गते राष्ट्रिय जीवन बिमा कम्पनीको वार्षिक साधारण सभा हुँदैछ ।

यो वर्ष पनि कम्पनीले आफ्ना सेयरधनीलाई निराश बनाएको छ । अर्थात्, बिना लाभांश साधारण सभा बोलाएको हो ।

बुधवार अपरान्ह ४ बजेबाट सुरु हुने सभामा सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आर्थिक वर्ष २०६९–७०, २०७०–७१, २०७१–७२, २०७२–७३ र २०७३–७४ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्