लाभांश प्रस्तावसहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वरोजगार लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वितरण गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो।
संस्थाको सोह्रौँ वार्षिक साधारणसभा बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बैशाख ११ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले, बैशाख १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।