सेयर बजारको उकालो यात्रामा निरन्तरता, नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । बुधबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । यस दिन बजार मापक नेप्से परिसूचक ९.७५ अंकले बढेको हो । यो सँगै नेप्से परिसूचक २६९८.९७ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँको कारोबार भयो । कारोबार अवधिभर ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच भयो ।
यस बैंकिङ, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, र व्यापार सेक्टरमा हरियाली छायो । त्यसैगरी, फाइनान्स, होटल एण्ड पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र अन्य सेक्टर घट्यो ।
१४७ कम्पनीको सेयर मूल्य बढ्यो भने ९७ कम्पनीको घट्यो । २ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स, केष्ट माइक्रो लाइफ इन्स्योरेन्स, राधी विद्युत कम्पनीको सेयर पनि सर्किट लेभलमा कारोबार भयो ।
बुधबार ङादी ग्रुप पावर, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, शिव श्री हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर लगायत कम्पनीको मूल्य बढ्यो ।

त्यसैगरी, गुराँस लघुवित्त, सिन्धु विकास हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, रिभर फल्स पावर, अभियान लघुवित्त लगायत कम्पनीको मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा देखिएको छ । कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
