नाडाबाट फुटेपछि ‘नाइमा’को औपचारिक घोषणा « Arthapath.com
३ बैशाख २०८२, बुधबार

नाडाबाट फुटेपछि ‘नाइमा’को औपचारिक घोषणा



काठमाडौं । रितुसिंह अध्यक्षतामा नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) गठन भएको छ । योसँगै नाईमाको औपचारिक घोषणा भएको हो ।

नाईमाको बोर्ड सदस्यहरुमा शेखर गोल्छा, सुहृद राज घिमिरे, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ छन् । यस्तै, यमुना श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, उदयन काभ्र, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल छन् ।

नाइमा अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडासँग फुटेर बनेको संस्था हो । विभिन्न अटो आयातकर्ता कम्पनी मिलेर नाइमा गठन गरेका हुन् । यो नाफा वितरण नगर्ने कम्पनी हो । नाइमामा टोयोटा, बीवाईडी, हुन्डाई, महिन्द्रा, बजाज, किया लगायतका बिक्रेताहरु आवद्ध छन् ।


प्रतिक्रिया दिनुहोस्