४ हजारभन्दा बढीको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ « Arthapath.com
३ बैशाख २०८२, बुधबार

४ हजारभन्दा बढीको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ



काठमाडौं । ४००० भन्दा बढी व्यक्तिको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो ।

उनले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाएर भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्याएर ठगि गर्ने पाइएको प्रहरीले जनाएको छ ।

उनले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौज्जात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्