५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका रिट आज पनि हेर्दा हेर्दै « Arthapath.com
३ बैशाख २०८२, बुधबार

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका रिट आज पनि हेर्दा हेर्दै



काठमाडौं । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा आज पनि हेर्दाहेर्दैमा गएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएको भन्दै हेर्दाहेर्दैमा राखिएको हो । 

गत माघदेखि सुरु नियमित सुनुवाइ भएको चौथो दिनमा आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरि भ्याएका छन ।

२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए। जसको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।


प्रतिक्रिया दिनुहोस्