छुट्ला है सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले २७ प्रतिशत हकप्रद सेयर निष्काशन प्रयोजनका लागि भोली अर्थात बैशाख ५ गते बुक क्लोज गर्दैछ । त्यसकारण बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ ।
हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ । हाल यस्तो पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।