कालोसूचीमा परे ४ निर्माण कम्पनी « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

कालोसूचीमा परे ४ निर्माण कम्पनी



काठमाडौं । चार निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले ती कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार एसएम कन्स्ट्रक्सन, राना फर्निचर सः मिल उद्योग, गौरीगोममा निर्माण सेवा र ब्युल्ड ब्रदर्श कन्स्ट्रक्सनलाई कालोसूचीमा राहेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरुले एकदेखि २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्