धौलागिरीमा ३ वटा लामाे झोलुङगे पुल निर्माणको कार्य धमाधम सुरु « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

धौलागिरीमा ३ वटा लामाे झोलुङगे पुल निर्माणको कार्य धमाधम सुरु



काठमाडौं । धौलागिरी गाउँपालिकामा ३ वटा लामाे झोलुङगे पुल निर्माणको कार्य धमाधम सुरु भई रहेको छ । स्थानिय विकास आयोजनामार्फत धौलागिरी गाउँपालिका ३ मुना, बगर ४ र मराङ ६ मा झोलुंगे पुलहरुको निर्माण कार्य सुरु भएको छ ।

धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३ सय ५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग ४ करोड ७० लाख ३६ हजार २ सय ५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्