चम्किलो अवतारमा रोयल इन्फिल्ड : नेपालमा बिक्री सुरु भयो ‘क्लासिक ३५०’, कुन भेरियण्टको मूल्य कति ? « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

चम्किलो अवतारमा रोयल इन्फिल्ड : नेपालमा बिक्री सुरु भयो ‘क्लासिक ३५०’, कुन भेरियण्टको मूल्य कति ?



काठमाडौं । मध्यम आकारको मोटरसाइकल (२५० सीसी-७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ ।

पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुऱ्याइने छ ।

यसको सुरुवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एवीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलव्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसवी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलव्ध हुने भएको हो। अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एवीएस उपलब्ध हुनेछ ।

न्यू क्लासिक ३५० सात वटा आकर्षक रङमा उपलब्ध हुनेछ । पांच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिडसँगै आकर्षक डिजाइन रहेका छन ।

दशकौंदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ् अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ । इनफिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ। नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरूमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्न विश्वास कम्पनीको छ ।

क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियालेनेपाली बजार रोयल इनफिल्डका लागि सधैं विशेष रहदै आएको बताए ।

‘सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दशाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौ । ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौं ।’ उनी भन्छन्, ‘मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं। ग्राहकहरूसँग नवीन नाता गाँस्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुशी छौं ।’

नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरडले यसलाई अझै सुन्दर बनाएको उनले बताए । यो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास उनको छ ।

नेपालमा वढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्वपूर्ण कोसेढुंगा हो। नयाँ क्लासिक ३५० ले एवीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यान इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने छ ।

आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप वन्ने हाम्रो विश्वास छ। रोयल इन्फिल्डको आकर्षक डिजाइन, बलियो क्षमताको मात्रै नभएर पुस्तौंदेखि व्यक्तित्वको प्रतीक समेत बनिरहेको छ ।

रोयल इनफिल्डको विगतदेखि मोटरसाइक्लिङको स्वर्णयुगसम्म आइपुग्दा क्लासिक केबल मोटरसाइकल मात्रै रहेन । यो एउटा सांस्कृतिक प्रतीक पनि बनेको छ । क्लासिङ ३५० ले इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यस मोडलले गेयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिइलाई थप रोमाञ्चित बनाउने छ ।

हेरिटिज सिरिज : हेरिटिज सिरिज मदास रेड र जोदपुर ब्लुमा उपलब्ध छ। यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपवाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्टिपिङले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ ।

बलियो क्षमताका कारण विशुद्ध मोटरसाइक्लिङ् अनुभवका लागि रोयल इनफिल्ड निकै उपयोगी छ । रोयल इनफिल्डका थप प्रिमियम मोडलमा वियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन् ।

कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइङ फ्ली पनि ल्याएको छ । व्यवसायिक राइडर तथा मोटरसाइकलमा रूची राख्ने समुदायमाझ रोयल इनफिल्ड आफ्नो ऐतिहासिक र कलात्मक विरासत जोगाउँदै नवीन प्रविधिमा आधारित उत्पादन ल्याउन सदैव तत्पर छ । इनफिल्डमै हजारौं राइडहरूले उच्च हिमाली भेगदेखि गोवासम्को यात्रा हालसालै पार समेत गरेका थिए ।


आइचर मोटोर्स लिमेटेडको विभागका रूपमा रोयल इनफिल्डको २ हजार बढी स्टोर्स भारतमा रहेका छन् । यस्तै विश्वभरका विभिन्न ६० राष्ट्रमा ८५० स्टोर्स छन् । यसको बेलायत र भारतमा विश्वस्तरीय प्राविधिक केन्द्र पनि छ । विश्वभर रोयल इनफिल्डको ६ वटा सिकेडी छ जसमा बंगलादेश, नेपाल, ब्राजिल, थाइलाण्ड, अर्जेन्टिना र कोलम्बिया पर्छन् ।


प्रतिक्रिया दिनुहोस्