बंगलादेशद्वारा नेपाली वस्तुकाे आयातमा प्रतिबन्ध

काठमाडाैं। बंगलादेशले नेपालमा उत्पादित धागाे र आलुकाे आयातमा राेक लगाउने निर्णय गरेकाे छ । बंगलादेशकाे राजस्व बाेर्ड (एनबीआर) ले नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका सबै वस्तु जस्तै धागाे र आलुकाे आयात राेकेकाे हाे ।
बंलादेशले भन्सार ऐन २०२३ को धारा ८९१० को अधिकार अन्तर्गत भारत, नेपाल र भुटानबाट आयात हुने केही वस्तुहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको हाे ।यसबाहेक अन्य वस्तुहरू भने निर्यात गर्न सकिने छ ।
भारतबाट आयात हुने वस्तुहरूमा अझ कडा प्रतिबन्ध लगाइएको छ, जसले घरेलु उद्योगको संरक्षण गर्ने उद्देश्य राखेको बताइएको छ।
बंलादेश राजस्व बाेर्डले भारतबाट आयात हुने डुप्लेक्स बोर्ड, समाचार कागज, क्राफ्ट पेपर, चुरोट पेपर, रेडियो-टिभी पार्ट्स, साइकल र मोटरसाइकल पार्ट्स फर्मिका सिट, सिरेमिक सामग्री, स्यानिटरी सामग्री, स्टेनलेस स्टिल सामग्री, मार्बल स्ल्याब र टाइल्स, मिश्रित कपडाहरूमा प्रतिबन्ध लगाएकाे हाे ।
यस्तै खाध्य वस्तु माछा, धागाे, आलु, पाउडर दूध र चुरोटकाे आयात समेत प्रतिवन्ध लगाएकाे छ ।
भन्सार स्रोतका अनुसार, यो प्रतिबन्धको मुख्य उद्देश्य घरेलु उद्योगको संरक्षण गर्नु तथा पुनःनिर्यात वा मार्ग परिवर्तन (रिराउटिङ) जस्ता अवैध गतिविधि रोक्नु हो।
यस कदमले घरेलु उद्योगहरूलाई विशेष गरी वस्त्र, कागज, र सिरेमिक सामग्रीजस्ता क्षेत्रहरूमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने लक्ष्य राखिएको छ।