यस्तो छ आज तरकारी र फलफूलकाे मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको थोक मूल्य तिर्धारण गरिएको हो ।
आज भारतीय टूलो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकेजी २२.६७ रुपैयाँ, रातो आलु प्रतिकेजी २३.६७ रुपैयाँ, नरीवल बन्दा प्रतिकेजी १७.६७ रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, डल्लो भान्टा प्रतिकेजी ३५ रुपैयाँ, लोकल घिउ सिमि प्रतिकेजी ८५ रुपैयाँ र टाटे सिमि प्रतिकेजी ८५ रुपैयाँ थोक मूल्य रहेको छ ।
यस्तै तितेकरेला प्रतिकेजी ३५ रुपैयाँ, सलगम प्रतिकेजी ६५ रुपैयाँ, पिडांलु प्रतिकेजी ८५ रुपैयाँ, तरुल प्रतिकेजी ९५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५ रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५६.६७ रुपैयाँ, पार्सले प्रतिकेजी २६७.६७ रुपैयाँ, इमिली प्रतिकेजी १६५ रुपैयाँ, तामा प्रतिकेजी ९५ रुपैयाँ र गुन्द्रुक प्रतिकेजी ३२६.६७ रुपैयाँ थोक मूल्य तोकिएको छ ।
यसैगरी कागती प्रतिकेजी २७५ रुपैयाँ, अनार प्रतिकेजी ३२६.६७ल रुपैयाँ, भुई कटहर प्रतिकेजी १९० रुपैयाँ, रुख कटहर प्रतिकेजी ९५ रुपैयाँ, चाइनिज नासपति प्रतिकेजी २५० रुपैयाँ, भारतीय मेवा प्रतिकेजी ११० रुपैयाँ, लप्सी प्रतिकेजी ८५ रुपैयाँ, किवी प्रतिककेजी ४२६.६७ रुपैयाँ, आभोकाडा प्रतिकेजी ६२६.६७ रुपैयाँ, अमला प्रतिकेजी ११० रुपैयाँ, र स्ट्रबेरी प्रतिकेजी २२ट.६७ रुपैयाँ थोक मूल्य रहेको छ ।
ताजा माछा रहु प्रतिकेजी ३१० रुपैयाँ, बचुवा ताजा माछा प्रतिकेजी २५० रुपैयाँ र छडी ताजा माछा प्रतिकेजी २५० रुपैयाँ रहेको छ ।
सुकेको खुर्सानी प्रतिकेजी ३६६.६७ रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी ६५ रुपैयाँ, अकबारे खुर्सानी प्रतिकेजी २५० रुपैयाँ, भेडे खुर्सानी प्रतिकेजी ११५ रुपैयाँ, हरियो धनिया प्रतिकेजी १६६.६७ रुपैयाँ र हरियो लसुन प्रतिकेजी ७५ रुपैयाँ थोक मल्य तोकिएको बजार बिकास समितिले जनाएको छ ।