आज बिभिन्न कार्यक्रमका साथ सम्पदा पदयात्रा गरि विश्व सम्पदा दिवस मनाइयो « Arthapath.com
५ बैशाख २०८२, शुक्रबार

आज बिभिन्न कार्यक्रमका साथ सम्पदा पदयात्रा गरि विश्व सम्पदा दिवस मनाइयो



काठमाडौं । शुक्रबार आज बिभिन्न कार्यक्रमका साथ सम्पदा पदयात्रा गरि विश्व सम्पदाको संरक्षणका लागि जनचेतना जगाउदै काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको छ ।

हरेक बर्ष बैशाख ५ गतेका दिन विश्व सम्पदा दिवस मनाउने गरिन्छ । यो दिवस सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेको विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखी सो दिवस मनाउन थालिएको हो ।

हाल नेपालमा विश्व सम्पदाका क्षेत्रहरु काठमाडौंको वसन्तपुर, पाटन र भक्तपुरको दरबार क्षेत्र, चागुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भु, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जमा सुचिकृत रहेका छन् ।

उक्त अवसरमा आज काठमाडौंमा स्वयम्भु मन्दिरदेखी वसन्तपुरसम्म सम्पदाको पदयात्रा गरिएको छ । उक्त कार्यक्रममा सस्कृति, पर्यटन तथा नागरिक उद्धयोग मन्त्री बद्रिप्रसाद पाण्डे, संस्कृतिकर्मी एवम सांस्कृतिक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्