राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट गुणाकर भट्टले दिए राजीनामा, १८ औँ गभर्नर कन्फर्म !

काठमाडाैं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्तिका लागि सत्ता गठबन्धनका प्रमुख दलबीच सहमति जुटेसँगै शुक्रबार भट्टले राजीनामा बुझाएका हुन् ।
गभर्नरको सशक्त दाबेदारको रुपमा हेरिएका भट्टलाई गभर्नर बनाउन सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेको हो ।
भट्टलाई गभर्नर बनाउन कांग्रेसका सभापति देउवाले सुरुदेखि नै जोड लगाए पनि प्रधानमन्त्री ओली सहमत नहुँदा गभर्नर नियुक्ति अनिश्चित बन्दै आएको थियो। तर, मंगलबार बिहान देउवासँगको भेटवार्तापछि ओलीले बुधबार नै भट्टलाई बालुवाटार बोलाएर छलफल गरेसँगै भट्टको गभर्नर बन्ने बाटो खुलेको हो।
सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्ति गर्ने प्रवल सम्भावना रहेको स्रोत बताउँछ।
१८ औँ गभर्नरको दौडमा राष्ट्र बैंककै कायममुकायम गर्भनर निलम ढुंगानासहित पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रविन्द्र पाण्डे पनि रहेका छन् ।