विज्ञापन बोर्डको अध्यक्षका लागि खुल्यो आवेदन

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन माग भएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त खुलाएको हो । योग्यता पुगेका नागरिकले दरखास्त आवेदन दिन सक्नेछन् ।
उक्त आवेदनमा ३५ वर्ष पुरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन बिषयमा मान्यता प्राप्त, विश्वविद्यालयबाट कम्तीमा स्नातक हासिल गरेको हुनुपर्ने र सो क्षेत्रमा १० बर्षको अनुभव प्राप्त गरेको हुनपर्ने सूचनामा उल्लेख गरिएको छ ।
इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सञ्चार तथा सुचना मन्त्रालयमा गइ आवेदन भर्न सकिने छ । आवेदन आजैका मितिले १५ दिन भित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दिनुपर्नेछ ।
