किन ५ रोपानी जग्गा किन्दै छ सिटिजन लाइफ ? « Arthapath.com
५ बैशाख २०८२, शुक्रबार

किन ५ रोपानी जग्गा किन्दै छ सिटिजन लाइफ ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कार्यालय तथा व्यवसायिक प्रयोजनका लागि घरजग्गा खरिद गर्ने भएको छ ।
काठमाडौं महानगर र ललितपुर महानगरभित्रका विशेष स्थानहरुम कम्पनीले घर जग्गा खोजीरहेको छ ।

कम्पनीले २ देखि ५ रोपानीसम्मको घरसहित वा घर रहित जग्गा खरिद गर्न चाहेको छ ।

कम्पनीले काठमाडौं महानगरपालिका भित्र त्रिपुरेश्वर, थापाथली, बबरमहल, बिजुलीबजार, अनामनगर, नयां बानेश्वर, शान्तिनगर, तिनकुने, सिनामंगल, पुरानो बानेश्वर, गौशाला, मैतिदेवी, ज्ञानेश्वर, डिल्लीबजार, पुतलीसडक, कमलादी कमलपोखरी, हात्तीसार, दरबारमार्ग, लैनचौर, लाजिम्पाट महाराजगञ्ज, विशालनगर, बालुवाटार, गहनापोखरी, टंगाल, भाटभटेनी, गैह्रीधारा, नक्साल तथा सो आसपासका प्रमुख व्यापारिक क्षेत्रहरु हुनुपर्नेछ ।

यता, ललितपुर महानगरपालिका भित्रका कुपण्डोल, पुल्चोक, जावलाखेल, हरिहरभवन, मानभवन, सानेपा तथा सो आसपासका प्रमुख व्यापारिक क्षेत्रहरुमा जग्गा खरिद गर्न लागेको हो ।

यी तोकिएका स्थानमा घरजग्गा बिक्री इच्छुक घरजग्गाधनीहरुले शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् । प्रस्तावले चैत २८ गतेदेखि ३५ दिन भित्र हुनुपर्नेछ ।

विस्तृत सूचना हेर्नुहोस्

citizen-ad-16.3CM-X-28CM-NOTICE-AD


प्रतिक्रिया दिनुहोस्