मेटाले सरकारलाई टेर्दैन, सम्पर्क केन्द्र तोक्न जोड दिइरहेका छौं : मन्त्री गुरुङ « Arthapath.com
५ बैशाख २०८२, शुक्रबार

मेटाले सरकारलाई टेर्दैन, सम्पर्क केन्द्र तोक्न जोड दिइरहेका छौं : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई समाज प्रति उत्तरदायि बनाउन मन्त्रालयले मेटालाई सम्पर्क केन्द्र तोक्न जोड दिइरहेको बताए ।

सञ्चारीका समुहले काठमाडौमा आज गरेको ९ औं महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधिनता र सम्रदायको हितका लागि सामाजिक सञ्जालको नियमन अति आवश्यक रहेको बताए।

यसका लागि हाल सम्म मन्त्रालयमा भाइबर, टिकटक, विच्याट लगायत केहि समाजिक सञ्जालहरुले सम्पर्क केन्द्र सूचिकृत भइसकेको जानकारी दिए । तर, मेटा सँग मन्त्रालयले सरकारको सम्पर्कमा आउनुपर्ने विषयमा बारम्बार दबाब दिइरहदा पनि अटँेरी गरेको मन्त्री गुरुङले बताए ।

मन्त्री गुरुङले भने,‘मेटाले सरकारलाई समेत टेर्दैन, यति भन्दैमा हामीले उम्कीन भने दिदैनौँ । जसरी पनि नेपाल सरकारप्रति जवाफदेहि बनाउछौँ र सम्पर्क केन्द्र सूचिकृत गराउर्छौँ ।’

मन्त्री गुरुङले राष्ट्रिय सभाबाट पास भएको मिडिया काउन्सील विधेयक हाल प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको बताए । आम सञ्चार प्राविधिकरण बनाउने विषय भने अर्थमन्त्रालयमा सहमतीका लागि छलफल भइरहेको मन्त्री गुरुङले जानकारी दिए । साथै सञ्चार माध्यमका पुराना नीति र ऐन संशोधन गर्ने प्रक्रियामा मन्त्रालयले सक्रियता जनाउदै आएको बताउदै उनले भने,“पुराना नीति परिमार्जन गरेर समय सापेक्ष बनाउन लागेको छु ।”

त्यस्तै, उनले सरकारी आमसञ्चार माध्यमहरु कुनै नेता वा पार्टी प्रति उत्तरदायि नभई जनताप्रति जवाफदेहि हुनुपर्ने धारणा राख्दै सार्वजनिक सेवा प्रसारण संस्थान(पीएसबी) बनाएको बताए ।

साथै, गोर्खापत्र र राइजिङ नेपाललाई पनि मर्ज गरेर सार्वजनिक सेवा प्रकाशन(पिएसपी) मोडलमा रुपान्तरण गर्ने मन्त्रालय प्रक्रिया सुरु गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्