३८.६१ प्रतिशत बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, कस्तो छ वित्तीय प्रगति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ३८ प्रतिशत वृद्धि भएको छ । ९ महिनामै बैंकले साढे ४ अर्ब नाफा आर्जन गरेको छ ।
बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ३८.६१ प्रतित बढी हो । गत आवको सो अवधिमा बैंकले खुद नाफा ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकले कुल १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यद्यपि, गत आवको तुलनामा भने यो ६.५० प्रतिशत कमी हो ।
तर, बैंकको संचालन नाफामा भने २२.२५ प्रतिशत बढोत्तरी आएको छ । योसँगै ९ महिनामा बैंकले ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ बढी संचालन नाफा गरेको छ ।
यता, बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँज ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा ३१ अर्ब ९५ करोड ३५ लाख रुपैयाँ राखेको छ । बैंकसँग ६.०६ प्रतिशत खराब कर्जा छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी १७.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ कायम भएको छ ।