१७ प्रतिशत बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, लाभांश क्षमता कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा झन्डै १७ प्रतिशत वृद्धि भएको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा १६.८७ प्रतिशत धेरै हो । गत अवाको सो अवधिमा बैंकले ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३.७८ प्रतिशत वृद्धि भई १ अर्ब ५३ करोड ६४ लाख २४ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सो अवधिमा पनि १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले ९ महिनामा ६२ करोड ८१ लाख ७९ हजार रुपैयाँ संचालन नाफा गरेको छ । संचालन नाफा र खुद ब्याज आम्दान बढेसँगै बैंकको खुद नाफा वृद्धि भएको हो ।
बैंकको वितरणयोग्य नाफा १६ करोड ३४ लाख ८५ हजार रुपैयाँ छ । यसका आधारमा बैंकले तेस्रो त्रैमासमा ५.०७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ५८ करोड १ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १३.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.८६ रुपैयाँ कायम भएको छ ।