सिद्धार्थ बैंककाे नाफा १ अर्ब ६६ करोड, लाभांश क्षमता कति ?

काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंक लिमिटेडको नाफा १.२ प्रतिशतले घटेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामै बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।
समिक्षा अवधिमा बैंककाे नाफा १५८ कराेड घटेकाे हाे । बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको विरणयोग्य नाफा १८ करोड ८४ रुपैयाँ रहेकाे छ भने आम्दानी १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र निष्क्रिय कर्जा ४.०४ प्रतिशत रहेको छ।
यता बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। यता सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।
यस्तै यस अवधिमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।