कस्तो छ गरिमा विकास बैंकको वित्तीय प्रगति ?

काठमाडौं । गरिमा विकास बैंकले झन्डै साढे ७३ करोड खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा भने ७.३१ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकि, गत आवको चैत मसान्तसम्ममा भने २ अर्ब ५१ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यता, बैंकको संचालन नाफा पनि ७.५२ प्रतिशत बढेर १ अर्ब ४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा ३५ करोड ४ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकले ८.२३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
बैंकको सेयर प्रतिसेयर आम्दानी (इपिएस) १७.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५३.४७ रुपैयाँ कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १.८२ प्रतिशत वृद्धि भई ८५ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने ६.९१ प्रतिशत बढेर ६९ अर्ब ५ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।