१६.२१ अंकले घट्याे नेप्से, साढे ८ अर्बकाे काराेबार « Arthapath.com
७ बैशाख २०८२, आईतवार

१६.२१ अंकले घट्याे नेप्से, साढे ८ अर्बकाे काराेबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइतबार दाहाेराे अंककाे गिरावट आएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक १६ दशमलब २१ अंकले घटेर २७ सय ६ दशमलब ५१ बिन्दुमा पुगेकाे छ ।

आज नेप्से परिसूचक घटेपनि काराेबार रकम भने बढेकाे छ ।आज ३२७ कम्पनिकाे २ कराेड १३ लाख २३ हजार कित्ता सेयर ८ अर्ब ४३ कराेड ३५ लाख ८९ हजार रूपैयाँमा किनबेच भएकाे छ ।

गत बिहिबार ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।

यसदिन उत्पादन तथा प्रशाेधन र व्यापार समुहका उपसूचक बाहेक सबै समुहका उपसूचकहरू घटेका छन् ।

यस दिन नेपाल माइक्राे इन्स्याेरेन्स कम्पनी र क्रेस्ट माइक्राे लाइफकाे सेयर मूल्य सर्वाधिक ९.९९ र ९.९९ प्रतिशतले बढेकाे छ भने बलेफी हाइड्राेपावरकाे सेयर मूल्य ७.२७ र हिमालयन पावर पाटनरकाे सेयर मूल्य ७.३३ प्रतिशतले घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्