गुहेश्वरी मर्चन्ट बैंकिङकाे नाफामा सुधार, वितरणयाेग्य नाफा भने ऋणात्मक

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गुहेश्वरी मर्चन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सुधार देखिएकाे छ ।
कम्पनीले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामा संस्था नाफा ३ करोड २४ लाख रुपैयाँ नाफामा छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी ५ करोड ५० लाख रुपैयाँ नाेक्सानीमा थियो ।
यस्तै, यस अवधिमा गुहेश्वरी मर्चन्टको संचालन नाफामा सुधार देखिएकाे छ । यस अवधिमा कम्पनीकाे संचालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा ५ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.७६ प्रतिशत बढेर १३ करोड ९८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको वितरणयोग्य नाफा भने ४ करोड ३९ लाख रुपैयाँले ऋणात्मक छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी ४.२८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५५.५० रुपैयाँ रहेको छ । यस्तै समिक्षा अवधिमा कम्पनीको खराब कर्जा १.२ प्रतिशतले बढेर ६.९३ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको निक्षेप ७ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ कायम भएको छ भने कर्जा लगानी ५ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
हाल यसकाे चुक्ता पूँजी १ अर्ब १ कराेड २१ लाख रूपैयाँ छ भने यस अवधिमा कम्पनीले ५ अर्ब ३४ कराेड ३९ लाख रूपैयाँ कर्जा लगानी गरेकाे छ ।