खराब कर्जा घटाउँदै प्राेग्रेसिभ फाइनान्सले ९ करोड ४ लाख नाफा कमायाे

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्राेग्रेसिभ फाइनान्सको नाफा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार ९ महिनामा संस्था नाफा ९ करोड ४ लाख रुपैयाँ नाफामा छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी ५ करोड ४९ लाख रुपैयाँ ऋणात्मक थियो ।
समिक्षा अवधिमा कम्पनीले खराब कर्जाको दर पनि घटाएको छ । गत आवको चैत मसान्तमा ३.९१ प्रतिशत रहेको कम्पनीको खराब कर्जा हाल ७.१५ प्रतिशतमा झरेको छ ।
यस्तै, यस अवधिमा गुहेश्वरी मर्चन्टको संचालन नाफामा सुधार देखिएको छ । यस अवधिमा कम्पनीको संचालन मुनाफा १३ करोड १५ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा ५४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४.७९ प्रतिशत बढेर १३ करोड ९ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको वितरणयोग्य नाफा भने ४४ करोड १६ लाख रुपैयाँले ऋणात्मक छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी १४.२२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ७६.०७ रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ६ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ५२ करोड १० लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।