मन्जुश्री फाइनान्स १७ करोड ११ लाख नाफामा, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

मन्जुश्री फाइनान्स १७ करोड ११ लाख नाफामा, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा मन्जुश्री फाइनान्स लिमिटेडको नाफा १३.३३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले अनुसार चैत मसान्तसम्मा कम्पनीले १७ करोड ११ लाख १९ हजार नाफा कमाएको छ ।

गत आवको सो अवधिमा कम्पनीले १५ करोड ९ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफसँगै कम्पनीको खुद ब्याज आम्दानी पनि १३.८६ प्रतिशत वृद्धि भई ६२ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २० करोड ३७ लाख १२ हजार रुपैयाँ छ भने यस अवधिमा कम्पनीको बढेर ४.२० प्रतिशत पुगेको छ । गत चैत मसान्तसम्म कम्पनीको खराब कर्जा ३.९५ प्रतिशत थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १६.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७०.१५ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यता, जगेडा कोषमा भने ७४ करोड ४३ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीसँग २० अर्ब २३ करोड ५२ लाख रुपैयाँ निक्षेप छ भने १७ अर्ब २४ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्