इभि आयातको आँकडाः साढे १८ अर्बको ७ हजार ९६७ वटा इभि नेपाल भित्रिए, कुन महिना कति ?

काठमाडौं । ९ महिनामा साढे १८ अर्ब बराबरको झन्डै आठ हजार विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भिएका छन् ।
भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार सो अवधिमा विश्वका विभिन्न मुलुकबाट ७ हजार ९६७ वटा इभि नेपाल भित्रिएका हुन् । समिक्षा अवधिमा १८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ बराबरको इभि आयात भएको छ । सो बराबरको इभि आयातबाट सरकारले ११ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
चैत महिनामा मात्रै १ अर्ब ९७ करोड २५ लाख रुपैयाँ बराबरको ८७८ वटा इभि आयात भएका छन् । विभागका अनुसार हाल मासिक औसतमा ८८५ हाराहारीमा इभि आयात हुँदै आएको छ । हाल चीन, भारत, कोरिया, अमेरिका, जर्मन लगायतका देशहरुबाट इभि नेपाल आउने गरेको हो ।
विभागका अनुसार फागुनमा १ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ बराबरको ८३३ वटा, माघमा १ अर्ब ६४ करोड २३ लाख रुपैयाँ बराबरको ७७६ वटा, पुसमा १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ बराबरको ७८३ वटा इभि आयात भएका थिए ।
विभागका अनुसार गत मंसिरमा २ अर्ब ९० करोड ११ लाख रुपैयाँ बराबरको १ हजार २१० वटा, कात्तिकमा २ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बराबरको ९६९ वटा, असोजमा २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बराबरको ९१६, भदौमा २ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको १ हजार २२१ वटा र साउनमा ८९ करोड ९७ लाख रुपैयाँ बराबरको ३८१ वटा इभि नेपाल आएका थिए ।