वैदेशिक रोजगारीका लागि रुस पठाउने भन्दै साढे ३ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं वाडा नं १२ बाट वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भनेर ३ लाख ४० हजार रुपैयाँ ठगि गर्ने बारा घर भई ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ बस्ने २७ वर्षिय उमेश भोलोनलाई प्रहरीले प्रक्राउ गरेको हो
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रसिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै ४ जना पिडितले जाहेरी दिएका थिए ।
उक्त जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिलाई काठमाण्डौं महानगरपालिका वडा नं १२ टेकुबाट प्रक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।