सुनको मूल्यले बनायो कीर्तिमानी उचाई, प्रतितोला १ लाख ९७ हजार ९०० पुग्यो

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार भने प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
्महासंघका अनुसार आज आज चाँदीको भाउ भने १० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।