लगातार तेस्राे दिन घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

लगातार तेस्राे दिन घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट



काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आएकाे गिरावटले निरन्तरता पाएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४ दशमलब ९३ अंकले घटेर २६ सय ९३ दशमलब ३५ बिन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३१९ कम्पनिको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर ८ अर्ब ३२ करोड १२ लाख २८ हजार रूपैयाँमा किनबेच भएको छ ।

साेमबार ३९१ कम्पनिको  २ करोड १२ लाख ३ हजार कित्ता सेयर ८ अर्ब ७५ करोड ५७ लाख २० हजार रूपैयाँमा किनबेच भएको थियाे ।

यसदिन ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै एक कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, व्यापार र अन्य समुहका उपसूचक बढेका छन् भने बाँकी सबै समुहका उपसूचक घटेका छन् ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीकाे सयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मूल्य ९.९८ र मकर जीतसमाया सुरी हाइड्राेपावरकाे सेयर मूल्य ९.९६ प्रतिशतले बढेकाे छ।

यस्तै आज कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्