आज १६० वटा कम्पनीको सेयर मूल्यमा गिरावट, कर्पोरेट डेभलपमेन्टको नेगेटिभ सर्किट « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

आज १६० वटा कम्पनीको सेयर मूल्यमा गिरावट, कर्पोरेट डेभलपमेन्टको नेगेटिभ सर्किट



काठमाडौं । साताको तेस्रो कारोबार दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता २७४.६० रुपैयाँ घटेको हो । नकरात्मक सर्किट लागेपछि कम्पनीको सेयर भाउ २ हजार ४७१.९० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज युनियन हाइड्रोपावरको सेयर मूल्य ६.०७ प्रतिशत, नेपाल हाइड्रोको ५.२४ प्रतिशत, एनआइसी एशिया ब्लालेन्सड फन्डको ५.१८ प्रतिशत घटेको छ ।

यी कम्पनीहरुसहित १६० वटाको सेयर भाउ घटेको छ ।


प्रतिक्रिया दिनुहोस्