नयाँ गभर्नर छनोट समितिका सदस्य भट्टराईले किन दिए राजिनामा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजिनामा दिएका छन् ।
एक महिनासम्म पनि बैठक नबसेको भन्दै भट्टराइले राजिनाम दिएका हुन् । गत चैत ११ गते मन्त्रिपरिषदको बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय गभर्नर छनोट समिति बनाएको थियो ।
समितिको सदस्यमा पूर्व गभर्नर समेत रहेको भट्टराई र विश्व पौडेल रहेका थिए । समितिको काम निरन्तर अघि बढेको भन्दै भट्टराईले राजिनमा बुझाएका हुन् ।