६० हजार अमेरिकी डलरसहित एयरपोर्टबाट भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत लैजान लागेको अवैध डलरसहित एक महिला पक्राउ परेकी छन् ।
अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट भारत लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय महिला पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय ४० वर्षीया सोनी गुरूङ हुन् । जाँच गर्ने क्रममा सुटकेसबाट अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।
आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।