आकर्षक तलबको प्रलोभन पारि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसार २४ वर्षीय राजेश कुमार महरा र ३० वर्षीय पदमा शाहीलाई पक्राउ गरिएको हो ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारि रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेका थिए । लामो समयदेखि उनी पिडीतहरुसँगको सम्पर्क बिहीन थिए ।