सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । यस दिन सुन तोलामा २०० रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।