व्यापार विस्तारमा एग्रेसिभ हिमालयन लघुवित्त, साढे चार गुणा बढ्यो नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफमा उछाल आएको छ । कम्पनीको नाफा साढे चार गुणा वृद्धि भएको छ ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४.६९ गुणा अर्थात् ३६९.३४ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले १ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५३.०७ प्रतिशत बढेर २४ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ३६९.३३ प्रतिशत बढेर ७ करोड ६४ लाख १६ हजार रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो ।
यता, कम्पनीको वितरणयोग्य नाफा पनि १ करोड ११ लाख रुपैयाँ कायम भएको छ । समिक्ष अवधिमा कम्पनीको खराब कर्जा पनि सामान्य बढेर ५.३४ प्रतिशत पुगेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी २२.३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.४८ रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड २८ लाख रुपैयाँ राखेको छ ।
व्यापार विस्तारमा पनि कम्पनी निकै आक्रामक देखिएको छ । कम्पनीको निक्षेप स.कलन १४.९७ प्रतिशत बढेर १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ३०.१२ प्रतिशत बढेर ४ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।