दोर्दी खोला जलविद्युतको हकप्रद सेयर पुन: बिक्री खुला, छुटेकाले आवेदन दिन पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले पुनः आज (वैशाख १२ गते) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले यसअघि हकप्रद सेयरमा आवेदन दिन छुटेका सेयरधनीहरुलाई वैशाख १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
उक्त सेयरमा फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।
यसमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।