वैदेशिक रोजगार बीमामा पुल: प्राधिकरणले फेरि जारी गर्यो संशोधित निर्देशन, व्यवसाय बाँडफाँड कसरी ? « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

वैदेशिक रोजगार बीमामा पुल: प्राधिकरणले फेरि जारी गर्यो संशोधित निर्देशन, व्यवसाय बाँडफाँड कसरी ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) संचालन सम्वन्धि निर्देशिका २०८१ संशोधन गरेको छ ।

प्राधिकरणले गत साउन १ गतेदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरि सामूहिक पुल मार्फत नै बीमालेख जारी गर्न तथा दावी भुक्तानी गर्न आवश्यक भएकाले सो निर्देशन जारी गरेको थियो । सोही निर्देशिकाको (पहिलो र दोस्रो ) संशोधन सहित जारी गरेको हो ।

प्रथम संसोधन गत फागुन ६ गते र दोस्रो संशोध नगत बैशाख ५ गते स्वीकृत भएको हो । बीमा ऐन, २०७९ को दफा ६५ र दफा १६६ को अधिकार प्रयोग गरि प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामुहिक बीमा कोषमा (पुल ) स्थापना र संचालन सम्वन्धित निर्देशन, २०८१ जारी गरेको हो ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत प्राप्त हुने बीमा शुल्क र दावी व्यवस्थापन गर्न कम्पनीहरुद्वारा सामूहिक बीमा कोषको स्थापना गरिनेछ । कोषमा जम्मा हुने रकम निर्देशन बमोजिम संचालन, बाँडफाँड र व्यवस्थापन गरिने उल्लेख छ ।

सामूहिक बीमा कोषमा सदस्य हुने कम्पनी वैदेशिक रोजगार विभागमा सूचीकृत भएको हुनुपर्नेछ , सदस्य बीमकले मात्र वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्नुपर्नेछ । सूचीकृत भएको कम्पनी अर्को महिनादेखि सामूहिक बीमा कोषमा समावेश हुनेछ ।

बीमालेख जारी गर्दा प्राप्त बीमा शुल्क दफा ६ को खण्ड (क) बमोजिम खातामा प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको विवरण १६ गते र १६ गतेदेखि मसान्तसम्मको विरणले अर्को महिनाको १ गतेभित्र जम्मा गर्नुपर्नेछ ।

कोष प्रबन्धकको रुपमा भने कुनै पुनर्बीमा कम्पनी रहनेछन् । प्रबन्धकले बीमा शुल्क बापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको छुट्टै बैंक खाता संचालन गर्ने, बीमा शुल्क प्राप्त भए नभएको यकिन गर्ने, कोषको संचालन, बाँडफाँड र व्यवस्थापन, बीमकबाट प्राप्त भएको बीमा शुल्कबाट आवश्यक समायोजन (ब्याज, आम्दानी, र दाबी भुक्तानी) गरि मासिक रुपमा बाँडफाँड गर्नेछ । मासिक आय व्यय विवरण कम्पनीलाई पठाउने, बीमाङ्कीय मूल्याङक गर्ने तथा लेखा परीक्षण गराउनेछ ।

पुलमा आवद्ध कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट सिर्जित दाबी भुक्तानी गर्नुपर्नेछ । बीमालेखको विरण (बीमालेख संख्या, र बीमा शुल्क, भुक्तानी तथा भुक्तानी हुन बाँकी दावी रकम र सख्या ) प्रत्येक दिन १ गतेदेखि १५ गेतसम्मको विवरण, १६ गते भित्र कोष समक्षा पेश गर्नुपनेछ । १६ गतेदेखि मसान्तसम्मको विवरण भने अर्को महिनाको १ गतेभित्र पेश गर्नुपर्न उल्लेख छ । भुक्तानी गरेको दावी बापतको रकम प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको विवरण १ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र पेश गर्नुपर्नेछ ।

कम्पनीले बीमालेख जारी गर्नेदेखि दाबी भुक्तानीसम्मका लागि व्यवस्थापन खर्च स्वरुप बीमा शुल्कको १ प्रतिशत हुने रकम पाउनेछ । कोष प्रबन्धकले बीमाङ्कीय मूल्याङ्कनका लागि लागेको वास्तविक खर्च कम्पनीहरुमा बीमा शुल्क बाँडफाँडको आधारमा मिलान गर्नेछ ।

वैदेशिक रोजगार विभागमा सूचीकृत भई लगातार तीन महिनासम्म बीमालेख जारी नगर्ने कम्पनीहरुको कोषको सदस्यता स्वतः खारेज हुनेछ । सदस्यता खारेज भएको र विभागमा सूचीकृत नभएको कम्पनीहरुले भने सामूहिक कोषमा सहभागी हुन तथा बीमालेख बिक्री गर्न पाउने छैनन् ।

पुलमा एलआईसी नेपाल र मेट लाइफ इन्स्योरेन्स आवद्ध हुने छैनन् । तर, तीन वटा लघुबीमा कम्पनीलाई भने यसमा सवमोश गरिएको छ । लघुबीमा कम्पनीहरुले पहिलादेखि नै बैदेशिक रोजगार बीमा गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । अहिले पुलमा पनि उनीहरुलाई समावेश गरिएको छ । त्योअनुसार अब बाँकी १२ ठुला र तीन लघुबीमा जीवन कम्पनीले पुलमा आवद्ध भएर यस्तो बीमा कारोबार गर्न पाउनेछन् ।

कम्पनीहरुलाई विगतको योगदानका आधारमा व्यवसाय बाँडफाँड हुने प्राधिकरणले जनाएको छ ।

आव २०८१–८२, आव २०८२–८३ र आव २०८३–८४ मा बिगतको योगदानको आधारमा बाँडफाँड हुनेछ । ती आवमा कम्पनीहरुलाई क्रमशः ४.६० प्रतिशत, ५.७० प्रतिशत र ६.६० प्रतिशत अनुपातमा न्युनतम हिस्सा प्रदान हुनेछ । तर, पछिका वर्षमा भने बराबर अनुपातमा बाँडफाँड हुने प्राधिकरणले जनाएको छ । त्यसपछि कम्पनीहरुको बिगतमा गरेको योगदानमा आधारमा थप बाँडफाँड हुनेछ ।

हाल १४ वटा ठुला र तीन लघु गरि १७ वटा जीवन बीमा कम्पनीहरु छन् । ती मध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) र मेट लाइफ भने पुलमा आवद्ध हुने छैनन् ।

कम्पनीलाई यसरी हुन्छ व्यवसाय बाँडफाँड


प्रतिक्रिया दिनुहोस्