उतारचढावका बीच सामान्य बढ्यो सेयर बजार, झन्डै ११ अर्बको कारोबार

काठमाडौं । आइतबार उतारचढावका बीच सेयर बजार सामान्य बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१ बिन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम समेत बढेको छ । आइतबार १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भयो ।
कुल १३ उपसूचकमध्ये ७ उपसूचकमा हरियाली छायो भने बाँकी राताम्य बन्यो । यसदिन लगानी र जलविद्युत समूहमा लगानीकर्ता आकर्षित देखिए ।
यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य १०४२.५० रुपैयाँ पुगेको छ भने क्रेस्ट माइक्रो लाइफको मूल्य ८६१ पुगेको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रोपावर बुटवल पावर कम्पनी,प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्स, एचआईडीसीएल , निफ्रा लगायत कम्पनीको मूल्य बढेको छ ।
विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घट्यो । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, गुराँस लघुवित्त, लक्ष्मी लघुवित्त, एसियन हाइड्रोपावर श्रीजनशिल लघुवित्त, गणपति लघुवित्त, समाज लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स लगायत कम्पनीको मूल्य घट्यो ।
कारोबार रकमको आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो । कम्पनीको ८६ करोड १७ लाख ३८ हजार रुपैयाँको कारोबार भयो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर, राधी विद्युत, एचआईडीसिएयल लगायत कम्पनीको पनि सर्वाधिक कारोबार भयो ।