सफल मर्जरपछि सूर्यज्योति लाइफको ऐतिहासिक प्रगति, ग्राहक र कर्मचारीमैत्री सेवा प्रणालीमा अगुवाइ « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

सफल मर्जरपछि सूर्यज्योति लाइफको ऐतिहासिक प्रगति, ग्राहक र कर्मचारीमैत्री सेवा प्रणालीमा अगुवाइ



काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गरेका छन् ।

कम्पनीले अवलम्वन गरेका नविनतम प्रबिधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरुमा प्रतिवद्ध रहि आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गरे ।

आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने उनको प्रतिबद्धता छ । सीइओ खत्रीले कर्मचारीहरुको हकहित,सिप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको बताए । यसका साथै सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने उनको भनाई छ ।

कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले चालु आर्थिक वर्ष २०८१–८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे ।

सोही अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संचालक समिति सदैव संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेको बताए । आगामी दिनहरुमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको उनको भनाई छ ।

कर्मचारीहरुको वृद्धि विकासको लागि प्रतिबद्ध रहेको अध्यक्ष भट्टराईले बताए । कम्पनीले नविनतम प्रविधिमा जोड दिदै तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको बताए ।

कम्पनीले हालै मात्र जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति भ–पबचवब र आफ्ना बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको छ ।

सूर्यज्योति बीमा क्षेत्रमा नेपालकै पहिलो आइएसओ ९००१–२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी हो । हाल कम्पनीको चु्क्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ छ । कम्पनीको कुल लगानी ४४ अर्ब, जीवन बीमा कोष ३९ अर्ब ४० करोड, नेटवर्थ ६ अर्ब ३० करोड रुपैयाँ छ ।

यस्तै, जारी बीमालेख संख्या ३२ लाख ७५ हजार ४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० र देशभर रहेका १७४ शाखा संजालद्वारा सेवा प्रदान गरी रहेको छ ।

बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्न पनि सफल भएको छ।


प्रतिक्रिया दिनुहोस्