सेयर बजारमा दोहोरो अंकको गिरावट, पर्ख र हेरको अवस्थामा लगानीकर्ता « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, पर्ख र हेरको अवस्थामा लगानीकर्ता



काठमाडौं । आज (सोमबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यसअघि लगातार २ दिन सामान्य बढेको सेयर बजारमा आज गिरावट देखिएको हो ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २६४७ बिन्दुमा झरेको छ ।

आज नेप्सेसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । आइतबार साढे १० अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगानीकर्ताहरू विश्वस्त हुन नसक्दा पछिल्लो समय सेयर बजार बढ्न सकिरहेको छैन । गभर्नर नियुक्त्तिको विषयलाई लिएर भइरहेको टिप्पणी र ढिलाईका कारण पनि बजारले सोचेअनुसार गति लिन नसकिरहेको जानकारहरू बताउँछन् । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

कुल १३ उपसूचकमध्ये ९ उपसूचक राताम्मे बने । ७८ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ ।

कारोबार अवधिभर ३२७ कम्पनीको २ करोड ३६ लकः ८९ हजार कित्ता सेयर किनबेच भयो ।

यसदिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य क्रमश: १० प्रतिशत र ९.९९ प्रतिशतले बढ्यो ।

सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरे । कम्पनीको सेयर मूल्य ८.९३ प्रतिशतले बढ्यो ।

कारोबार रकममा आज पनि ङादी ग्रुप पावरकै वर्चश्व देखिएको छ । कम्पनीको ७० करोड ९४ लाख ७१ हजार रुपैयाँ माथिको कारोबार भयो ।


प्रतिक्रिया दिनुहोस्